Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमिसम्बन्धी अध्यादेश नसच्याए सरकारबाट बाहिरिने लोसपाको चेतावनी


    बिहिबार, फाल्गुन १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

    बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताए ।

    अध्यक्ष ठाकुरले संघीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको बताए । अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले अध्यादेश नसच्चिए पार्टी सरकारबाट बाहिरिने बताए ।

    त्यस्तै, अध्यक्ष ठाकुरले मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार