Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुलीमा भैँसीले हान्दा ७५ वर्षीय वृद्धको मृत्यु


    बिहिबार, फाल्गुन १ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो ।

    हिजो (बुधबार) बिहान ७ बजे माइलो छोरा फडिन्द्र भुजेलको गोठमा घाँस हाल्न जाँदा उनलाई भैँसीले हानेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार