Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश


    बुधबार, माघ ३० २०८१
    750
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल – उच्च अदालत बुटवलले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी जोशीलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका थिए ।

    जोशी बयानका लागि सोमबार अदालतमा आफैं उपस्थित भएका थिए । बयान तथा त्यसपछि भएको थुनछेकबहसपछि जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो । सुप्रिम सहकारीको रकम अपचलनमा जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जना विरुद्ध ६ माघमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार