काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा तथ्य र सत्यका बोल्न र लेख्न निर्देशन दिएका छन्।असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जाने उनको बुझाइ छ।
‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस्’ उनले भनेका छन्, ‘तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ। त्यसले अरूलाई पनि अघि सर्न प्रेरित गर्दछ । असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ।’
उनले सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने टिप्पणी गरे। उनले थपेका छन्, ‘इन्टरनेट सञ्जाललाई सूचना महामार्ग मानिन्छ। सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ। घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने हो।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend