मुम्बई । महाकुम्भ २०२५ मा माला बेच्न आएकी एक युवती आफ्नो आँखा र प्राकृतिक सौन्दर्यका कारण रातारात भाइरल भइन् ।
उनको लोकप्रियता यति बढ्यो कि उनी कुम्भ छोडेर मध्य प्रदेशमा आफ्नो घर फर्किनु पर्यो। उनको लोकप्रियताका कारण उनको एउटा फिल्म छ र यसको सुटिङ अब १२ फेब्रुअरीबाट दिल्लीको इन्डिया गेटबाट हुनेवाला थियो ।
तर, त्यहाँ सुटिङको नुमति नपाए पछि फिल्मको छायांकन अहिलेका लागि स्थगित गरिएको छ । यतिमात्र होइन, फिल्मसँगै धेरै ब्रान्ड पनि उनको नजिक रहन थालेका छन् । हो, हामी हामी कैला आँखा भएकी महाकुम्भकी भाइरल मोनालिसाको कुरा गर्दैछौं। महाकुम्भको भाइरल गर्ल मोनालिसाले यस्तै एउटा ब्रान्डलाई बचन दिएकी छन ।
मोनालिसाको फिल्मको प्रमोशन हेरिरहेका टोलीले एउटा ठूलो ज्वेलरी ब्रान्डले सम्पर्क गरेको बताएको छ । यसका लागि उनलाई १५ लाख रुपैयाँ पनि दिइँदैछ । यस सम्झौता अन्तर्गत मोनालिसा पनि १४ फेब्रुअरीमा यस ब्रान्डको एक कार्यक्रममा सहभागी हुन केरला जादैँ छिन् । यसरी महाकुम्भकी भाइरल गर्लले अर्को ठूलो प्रोजेक्ट हात पारेकी छिन् ।
महाकुम्भबाट फर्किएपछि मोनालिसा युट्युबमा पनि सक्रिय भएकी छिन् र त्यहाँ भिडियो बनाइरहेकी छिन्, जसलाई निकै रुचाइएको छ । मोनालिसाको डेब्यु फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । मोनालिसाको यो फिल्मलाई सनोज मिश्रले निर्देशन गर्दैछन्, जसले उनलाई आफ्नो गाउँ पुगेपछि फिल्म ‘डायरी अफ मणिपुर’का लागि साइन गराएका हुन् । चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । मोनालिसाले फिल्मका लागि करिब २१ लाख पारिश्रमिक लिएको बताइएको छ । उनलाई हस्ताक्षर रकम १ लाख दिइएको थियो ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend