Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन् : बाबुराम भट्टराई


    आइतबार, माघ २७ २०८१
    770
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् । आइतबार (आज)बाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘हामीले पुराना शक्तिले भएन, काँग्रेसले गरेन, यसले गरेन भनिरहेका छौँ । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने । सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

    ‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौँ भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौँ । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने । साथै, उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।

    ‘हामीले समस्याको समाधान के ? समाधान पहिचान गर्नुपर्‍यो भनेर वास्तविक चर्चा गरेका छौँ । थुप्रै समस्या छन् नेपालमा ? नेपाल किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकसित, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या हो,’ भट्टराईले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार