Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • धनगढीमा चक्कु देखाउँदै १४ वर्षीया किशोरीमाथि बलात्कार, युवक फरार


    आइतबार, माघ २७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी – धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुराबाट धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरी गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।

    प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

    किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक फरार भएका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।

    किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार