रौतहट – जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छडके अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमन गरेको अनुगमनको क्रममा मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेका थिए।
उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो आएपछि प्रमुख प्रशासकीय अधिकृत यादव नेतृत्वको टोलीले छड्के अनुगमन गरेका हुन्।
अनुगमनको क्रममा मालपोत अधिकृत चौधरी, नायव सुब्बा राजकिशोर चौधरी, रामजी साह, कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह,प्रवेज हवारी, दिपेन्द्र चौधरी, प्रविण चौधरी, सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह, सुर्या दहैत अनुपस्थित रहेका थिए।
त्यसैगरी, कार्यालय सहयोगी मुनिलाल हजारा,असेसर प्रसाद यादव,राजकिशोर यादव,चौकिदार श्यामबाबु यादव, तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम अनुपस्थित रहेको प्रशासकिय अधिकृत दीपेन्द्र प्रसाद यादवले बताएका छन्।
अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो-छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। जिल्ला प्रशासनका नायब सुब्बा रत्न बहादुर स्याङतान समेतको सहभागिता रहेको अनुगमन टोलीले अनुपस्थित कर्मचारीको हाजिरी काटेको जिल्ला मालपोत कार्यालय बाराका प्रमुख प्रमुख सालिकराम ढकालले पुष्टी गरेका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend