Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी- २०आई शृंखलामा नेपालको लगातार पाँचौँ हार


    बुधबार, माघ २३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी- २० आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको खेलमा नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो । नेपालका लागि पूजा महतोले अविजित अर्धशतक बनाइन् । पूजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृङ्खलाकै उच्च व्यक्तिगत स्कोर हो ।

    कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १र१ विकेट लिए ।

    चौथो नम्बरमा ब्याटिङमा आएकी पूजाले शृङ्खलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पूजाको यो दोस्रो टी-२० आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार