Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ एकैदिन २२ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बुधबार, माघ २३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार)सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको हो ।

    बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

    यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार