काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।
मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने क्रममा मंगलबार प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘‘विनाशाय च दुष्कृताम्’ उल्लेख गरे । यो श्लोकमा भनिएझैँ गलत काम गर्ने विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिएका हुन् ।
प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्त्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरूलाई निर्देशन दिए । ‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्त्वपूर्ण एजेन्डाका रूपमा लिनुपर्छ’, उनले भने, ‘तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रूपमा प्रस्तुत हुन सक्नुपर्छ ।’
सेवाग्राही र पीडितका लागि प्रहरी साथी जस्तो बन्नुपर्ने तर, दुष्कर्म गर्नेका लागि भने प्रहरीले कठोरतापूर्वक काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यस्ता व्यक्तिविरुद्ध प्रहरीले जेरो टोलरेन्स (शून्य सहनशीलता) को नीति अपनाउनुपर्छ ।’
यदाकदा एउटा प्रहरीले गरेको खराब कामले सिंगो संगठनमाथि आक्षेप लाग्ने गरेको भन्दै उनले त्यस्ता प्रवृत्ति भएका व्यक्ति चाहे संगठनभित्र हुन् या बाहिर त्यसलाई पहिचान गरेर निर्मूल गर्नुपर्ने अधिकारीले बताए ।
एसएसपी अधिकारीले प्रहरी संगठनमा सबैभन्दा बढी संख्यामा रहेका प्रहरी जवानको काम, कारबाही प्रशंसा गर्दै उनीहरूको मनोबललाई उच्च राख्न अधिकृतहरिले भूमिका खेल्नुपर्ने बताए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend