Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी-२० शृंखला: थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य


    मंगलबार, माघ २२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – काठमाडौंमा जारी त्रिदेशिय महिला टी-२० आइ शृंखलामा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा भइरहेको खेलमा थाइल्याण्डले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०६ रन बनाएको हो ।

    थाइल्याण्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्याण्डले सय रन कटाएको थियो। त्यसअघि नेपालले थाइल्याण्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्याण्डले ५६ रन जोडेको थियो।

    नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन्। डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन् ।

    सिरिजमा नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ। नेपालले नेदरल्यान्ड्ससँग दुई खेल तथा थाइल्यान्डसँग एक खेल गुमाइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार