Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशका सभामुख पाठकले बोलाए सर्वदलीय बैठक


    मंगलबार, माघ २२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बागमती – बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आज सर्वदलीय बैठक बोलाइएको छ ।

    माघ २३ गते बसे प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख पाठकले दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बेलाएका हुन् ।

    प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर दलहरूबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन ।

    सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार