काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्ने बताएका छन्।
शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा आफू नेतृत्वको कार्यालयले आक्रामक कारबाही थालिसकेको बताए।
यसक्रममा प्रहरीले शनिबार राति ललितपुरबाट २४ जना अनलाइन जुवा खेलाउने समूहलाई पक्राउ गरेको छ। उनीहरूले एक अर्ब बढीको अनलाइन जुवा खेलाएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बस्नेतले संगठनको लक्ष्य, नीति र कार्यसम्पादन सम्झौताअनुसार आफूले कार्य गर्ने बताए। ‘जघन्य किसिमका अपराध मात्रै नभएर काठमाडौंमा ठगी, लुटपाट, आर्थिक अपराधसमेत हुने गरेको छ,’ बस्नेतले भने, ‘कुनै पनि किसिमका अपराध नियन्त्रणमा हामी विमुख बन्दैनौं।’ राजधानीमा आर्थिक अपराध अत्यधिक हुने गरेको छ।
क्रिप्टो करेन्सीको कारोबार, हुन्डी, अनलाइन जुवालगायतका आर्थिक अपराध हुने गरेका छन्।यसबाहेक काठमाडौंमा हुने गरेको गुन्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए। ‘गुन्डागर्दीको पहिलेको स्थिति र अहिलेको अवस्था मूल्यांकन गरेर कार्यनीति बनाउँछु,’ बस्नेतले भने, ‘काठमाडौंमा गुन्डागर्दी गर्नेहरूमाथि प्रहरी नजर सदैव छ, त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौं।’
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत कार्य गरेकाले आफूलाई राजधानीमा हुने गरेका आपराधिक गतिविधिबारे जानकारी रहेको बताए। बस्नेतले यसअघि जनकपुर, पर्साजस्ता चुनौतीपूर्ण जिल्लाको कमाण्ड सम्हालिसकेका थिए। ‘अहिले सूचना संकलनमा छौं, केही विशेष अपरेसन चलाउने अवस्था देखिएको छ,’ बस्नेतले भने, ‘प्रहरीलाई निर्धक्क साथ सूचना दिन अनुरोध गर्दछु।’
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend