Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सरकारले पीडित जनताको पक्षमा काम गर्छ, शंका नगर्नू- सांसद बिसी


    आइतबार, माघ २० २०८१
    825
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् ।

    अध्यादेशका बारेमा धेरै कुराहरू उठेको उल्लेख गर्दै सरकारले संसद् सुरु हुनु पहिला वा संसद्को अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् ।

    ‘अध्यादेशका बारेमा धेरै कुराहरू उठे । सुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्ने कुराहरू उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ,’ उनले भनिन्, ‘अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेश जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गर्दछु ।’

    उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले दिएको बताउँदै सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने जिकिर गरिन् । ‘शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु,’ उनले भनिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार