Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले जित्यो यू-१९ महिला विश्वकपको उपाधि


    आइतबार, माघ २० २०८१
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै भारत आइसिसी यू-१९ महिला टी-२० विश्वकप विजेता बनेको छ।

    आइतबार मलेसियाको क्वालालम्पुरमा भएको उपाधि भिडन्तमा भारतीय महिला टोली बलिङ र ब्याटिङमा दुवैमा हाबी भयो। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमै अलआउट भयो।

    दक्षिण अफ्रिका लागि माइकी भान वुर्स्टले सबैभन्दा बढी २३ रन जोड्न सकिन्। बलिङमा भारतकी गोनगडी त्रृसाले ३ विकेट लिइन् भने पारुनिका सिसोधिया, आयुषी शुल्ला र वैष्णभी शर्माले २/२ विकेट लिए।

    ८३ रनको सामान्य लक्ष्य भारतले ११।२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतकी ओपनर कामलिनी ८ रनमा आउट हुँदा गोनगडी त्रृसाले नटआउट ४४ रन र सनिका चाल्केले नआउट २६ रन बनाइन्।

    भारतले लगातार दोस्रो संस्कारको उपाधि जितेको हो। यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले हराएर उपाधि जितेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार