Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • महिला टी-२० आई श्रृंखला: नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य


    आइतबार, माघ २० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंमा जारी त्रीदेशिय महिला टी २० आई श्रृंखलामा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

    नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच(विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।

    मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार