Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ २३ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, माघ १८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेको हो ।

    बढेको भाउसहित शुक्रबार छापवाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार