Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • महिला टी-२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै


    शुक्रबार, माघ १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – त्रिकोणात्मक महिला टी- २० शृङ्खलामा शुक्रबार नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

    बिहिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा आज दोस्रे अ‍ेल दिउँसो सवा १२ बजे नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुन लागेको हो ।

    नेदरल्याण्ड्सको महिला टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा थाइल्याण्ड विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ। नेदरल्याण्ड्सले पहिलो खेलमा हिजो नेपाललाई २० रनले पराजित गरेको थियो ।

    नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । शृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सहभागी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार