रौतहट – मधेश प्रदेशमा बढेको चिसो बाट गरिब तथा बिपन्न परिवार लाई जोगाउन नेपाली सेनाको पहलमा न्यानो कम्बल वितरण सुरु गरेको छ।
रौतहट पुरेनवा गौर स्थित बिरदल गणका नेपाली सेनाको पहलमा यहाँको बिभिन्न पालिकामा पनी अती बिपन्न गरीब परिवार लाई चिसो बाट जोगाउन न्यानो कम्बल वितरण सुरु गरिएको हो।
जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका २ स्थित बुधबार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि मेयर सन्तलाल चौधरी र नेपाल सेना बिरदल गणका प्रमुख कर्णेल किशोर कुमार अधिकारी द्वारा ५० जना बिपन्नलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष अशोक कुमार चौधरीले बताएका छन्।
त्यस अघि नेपाली सेनाका कर्णेल अधिकारी र सम्बन्धित पालिका प्रमुखको समन्वयमा चन्द्रपुर ,गढीमाई, गुजारा, गौर, गरुडा लगायत स्थानमा कम्बल वितरण गरिएको जनाएको छ।
यस पटक अत्यधिक चिसो बढेपछि मधेश प्रदेश स्थित गृह सूचना तथा सञ्चार मन्त्रालय बाट गरिब बिपन्न लाई न्यानो कम्बल वितरण गर्ने योजना अन्तर्गत रौतहटको लागी नेपाली सेनाको पृतना मार्फत ७०० थान उपलब्ध भएको बिरदल गण पुरेनवा गौरले जनाएको छ। कर्णेल अधिकारीको पहलमा रौतहट स्थित कैयौं रचनात्मक कामहरु हुँदै आएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend