Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना


    बिहिबार, माघ १७ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्बिर सहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

    ‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार ! हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक संगीतको एउटा महत्त्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै)नाना आङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना १ ल्हास्सो, फ्याफुल्ला १” प्रधानमन्त्रीले फेसबुकमा लेखका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार