प्रयागराज । भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी रहेको छ ।
यससँगै उनले यो भागदौडमा कूल ६० जना घाइते भएका छन भने जसमध्ये ३६ जना अस्पतालमा भर्ना रहेको बताए । अन्य व्यक्तिलाई प्राथमिक उपचार दिइएर पठाइएको छ । विजय किरण आनन्द र वैभव कृष्ण डीआईजी महाकुम्भले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । केही व्यक्तिले ब्यारिकेड तोडेर अगाडि जान खोजेकाले उक्त दुर्घटना भएको उनले बताएका छन् ।
डिआइजी वैभव कृष्णले ब्रह्म मुहूर्त अघि ठूलो भीडको चाप रहेको र त्यसपछि ब्यारिकेडहरू तोडियो। प्रशासनले ९० जनालाई अस्पताल पुर्याएको थियो । ३६ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेला क्षेत्र र अखाडाका केही ब्यारिकेड फुटेका कारण दुर्घटना भएको हो । दौडिरहेका भक्तहरूको खुट्टा मुनि भुइँमा लडिरहेका भक्तहरू दबिएका थिए। प्रहरीका अनुसार मेला प्रशासनमा कुनै पनि भिआइपी प्रोटोकल थिएन, भक्तजनहरु ब्रह्म मुहूर्तको पर्खाइमा थिए । त्यसपछि पछाडिबाट भीडको दबाब आयो र यो दुर्घटना भयो।
भीडको दबाबका कारण भागदौडजस्तै अवस्था सिर्जना भए पनि घटनापछि प्रहरी प्रशासनले प्रभावकारी रूपमा नियन्त्रण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उत्तर प्रदेश प्रहरीको द्रुत प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुन नसकेको स्थानीयको भनाइ छ । दुर्घटनामा परेका प्रत्यक्षदर्शीले प्रहरी कर्मचारी हाम्रा लागि ईश्वरको सन्देशवाहक बनेर आएको नत्र ठूलो संख्यामा ज्यान गुमाउन सक्ने बताएका छन् ।
मौनी अमावस्याका कारण महाकुम्भ मेलामा ठूलो संख्यामा भक्तजन पुगेका थिए । बुधवार रातीदेखि नै शुभमुहूर्तमा संगममा डुब्नका लागि भक्तजनहरु तयार भएका थिए । यसैबीच भागदौडको घटना भएको हो । त्यसपछि प्रहरी प्रशासन अलर्ट मोडमा आयो । त्यस्तै मेला क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएको छ । सवारी साधनको प्रवेश पास रद्द गरिएको छ । बाटो एकतर्फी बनाइएको । प्रयागराज छेउछाउका ५ जिल्लाबाट आउने सवारी साधन जिल्लाको सिमानामा रोकिएका छन् । सहरमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा पनि रोक लगाइएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend