काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि देशलाई डुबाउने हरकतमा लागेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तन पछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमी कमजोरीहरू पत्ता लगाएर देशलाई समृद्ध बनाउने तर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू हौँ हामी । तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ? अनेक काण्ड गरेर देशलाई डुबाउने रु हामी फेरी परिवर्तन ल्याउँछौँ । राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थाभित्र रहेका जुन कमी कमजोरीहरू छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौ ।’
त्यस्तै उनले समाजवादी विद्यार्थी युनियनलाई अरू पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए । विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्तक्षेप नगरी स्वायत्तता बनाउने उनले प्रतिबद्धता जनाए ।
राजनीतिक स्थिरता भयो, प्रत्यक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रूपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्याउन सकिने उनको भनाई छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend