Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाथिभरा केबलकारको विरोधमा रहेका पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो


    बुधबार, माघ १६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर – ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा रहेको पहिचान पक्षरलाई कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले वार्तामा आउन आह्वान गरेको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

    ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

    शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।

    उक्त घटना वार्ताबाट माधान गर्न प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको टोली बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार