काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाको घाटमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गएराति करिब साढे १ बजे मौनी अमावस्याको अवसरमा अमृत स्नान हुनु अगावै भागदौड मच्चिँएको हो ।
भागदौडमा परि धेरै जना घाइते भएको हुनसक्ने आकलन गरिएको छ । यद्यपि, प्रशासनले अहिलेसम्म मृतक र घाइतेको संख्या भने सार्वजनिक गरेको छैन । यो घटनापछि सतर्कता अपनाउन १३ वटा अखाडाले मौनी अमावस्या अर्थात् अमृत स्नान रद्द गरेको अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रशासनले मौनी अमावस्यामा शाही स्नानको अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन हुने अनुमान गरेको छ । यस घटनाका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत जानकारी लिएको बताइएको छ ।
सार्वजनिक भएको भिडियोमा घाइतेलाई अराइलको सेक्टर २४ मा रहेको उपकेन्द्रीय अस्पताल र मृतकलाई प्रयागराज मेडिकल कलेज लग्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार अचानक भीडले अवरोध तोडेर मानिसहरूमाथि आक्रमण गरेको कारण भागदौड मच्चिएको हो ।
जनवरी १३ बाट सुरू भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ, जसमध्ये दुई पहिले नै भइसकेका छन् भने तेस्रो शाही स्नान आज बुधबार हुँदै छ । यद्यपि, अखाडाले आजको स्नान तत्कालका लागि स्थगित गरेको छ । महाकुम्भ सुरू भएदेखि आजसम्म १५ करोड श्रद्धालुले स्नान गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend