काठमाडौं । बागमती प्रदेशको मकवानपुर हुँदै भन्सारछलीका सामान काठमाडौंमा आउने गरेको खुलेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्णहरि शर्माले मकवानपुृरको राजमार्गमा रहेका चेकपोष्टमा काजमा ल्याएका प्रहरी खटाएर तस्करीको मालसामान सेटिङमा पार गराउँदैआएको आरोप लाग्दैआएको छ ।
मंगलबार (आज) साँझ मकवानपुरको सिस्नेरी, फर्पिङ हुँदै उक्त गाडी काठमाडौंमा आएपछि राजस्वको टोलीले बरामद गरेको हो । ११७१ नम्बरको कपडा बोकेको पिकअप गाडी राजस्व अनुसन्धान बिभागको टोलीले काठमाडौंमा बरामद गरेपछि तस्करीमा प्रहरीको संलग्नता पुष्टि भएको छ ।
भारतबाट आएको उक्त तस्करीको कपडाको बारेमा बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्मालाई समयमै सूचना दिंदा पनि बरामद नगरी छाडिएपछि राजस्व अनुसन्धान बिभागले काठमाडौंमा समातेको स्रोतले बताएको छ । अरुण साह नामका ब्यापारीले मधेशदेखि बागमती प्रदेशका डीआईजीसम्म सेटिङ गरी निर्वाध रुपमा तस्करी गर्दैआएको स्रोत बताउँछ । डीआईजी शर्मालाई साहले मासिक रुपमा तोकिएको दस्तुर बुझाएर तस्करी गर्दैआएको आरोप छ । ब्यापारी साहले प्रहरीका हरेक युनिटहरुमा दररेट बुझाएर भन्सार छली गरी सामान काठमाडौं ल्याउने गरेका छन् ।
प्रदेश प्रहरीका प्रमुख डीआईजी शर्मालाई सूचना दिंदा पनि तस्करीको कपडा बरामद नगरेपछि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पुल्चोकमै खबर गरेपछि गाडी समातिएको थियो । डीआईजी शर्माले राजमार्गमा राखेका रातमाटे चेकपोष्टका इन्चार्ज सई बृजकुमार चौधरी चितवनको लोथरका इन्चार्ज बरिष्ठ सई राजेश यादवले तस्करीको सामान बोकेका गाडीमात्र होइन, गाँजा तस्करी गर्नेहरुसँग सेटिङ गरेको समाचार आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा उनीहरुलाई तानेको छ ।
रातमाटेबाट चौधरी रलोथरबाट यादव तानिए पनि रातमाटेमा हवल्दारहरु विनय चौधरी र मिथलेश चौधरीले डीआईजी शर्माको निर्देशनमा सेटिङ मिलाउने गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend