Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले तोक्यो नेताहरूको जिम्मेवारी


    मंगलबार, माघ १५ २०८१
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी तोकेको छ । गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले १ वर्षका लागि नेताहरुको जिम्मेवारी तोकेको हो ।

    अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन् । त्यस्तै विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख, उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

    विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यलाई दिइएको छ भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई तोकिएको छ ।

    निर्धारित विधि र मापदण्ड अनुरूप हरेक ४ महिनामा कार्यसम्पादन मूल्याङकनका आधारमा नेताहरुको जिम्मेवारी हेरफेर हुने सो पार्टीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार