काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा चितवनमा पनि मुद्दा दर्ताको तयारी भएको छ ।
सहारा चितवन सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
प्रहरीले पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले प्रहरी प्रतिवेदनका आधारमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ताका लागि फाइल तयार भएको बताए । उनले यहि माघ २२ गतेसम्म अदालतमा अभियोजन दर्ता गरिसक्ने तयारीमा रहेको बताए ।
लामिछानेसहितका १४ प्रतिवादीबाट ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ बिगो भराउनुपर्ने प्रहरीको राय छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने सरकारी वकिलले तयारी गरेको छ ।
लामिछाने आइतबार मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन् । त्यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend