Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश


    आइतबार, माघ १३ २०८१
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले ‘अन्य’ आदेश जारी गरेको हो ।

    झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो ।

    झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार