काठमाडौं – ललितपुरको मानभवनस्थित शुभ समृद्धि सहकारीको रकम ठगी प्रकरणमा सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा दायर भएको छ । बचतकर्ताको पाँच करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सहकारी सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १० माघमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमा सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी रहेका छन् ।
त्यस्तै ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत, अर्का सदस्य ३८ वर्षीया शर्मिला शाक्यविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरुले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएका मध्ये कोषाध्यक्ष रमेशलाल भट्टराई यसअघि बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेको समेत खुलेको छ ।
७ माघ २०८० मा उनीविरुद्ध ललितपुरबाटै बैंकिङ कसुरको मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध २१ लाख ४० हजार बिगो भराउने, क्षतिपूर्ति वापत ८५ हजार ६०० रुपैयाँ पीडित राहत कोषमा भराउने र ५ दिनको कैद फैसला भएको थियो ।
प्रतिवादीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्गर्तको ठगी गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी संहिताकै दफा २५४ बमोजिम क्षतिपूर्तिको समेत मागदाबी गरिएको छ । यो सहकारीविरुद्ध ४१ जनाले जाहेरी दिएका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend