रौतहट – सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादवसहित वडा अध्यक्षहरु बिच दुई बुँदे सहमती पछि बिहीवार साँझ ३१ औं दिन तालाबन्दी खुलेको हो। रौतहटका सिडियो हिरालाल रेग्मीको निर्देशनमा स्थानिय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछी दुबैपक्ष बिच लामो छलफल पश्चात सहमती भएको थियो।
मेयर जैसवालका समर्थकले नगरपालिकाको ताला खोल्ने तथा उपमेयरसहित असन्तुष्ट वडा अध्यक्षहरुको समर्थकले खोल्न नदिने भन्दै बिहीवार दिउँसो आमुनेसामुने हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। घटनाको सुइँको पाएर कटहरिया नगरपालिका कार्यालय वरपर बिहानै देखी जम्मा भएका नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले अवस्था साम्य बनाए पछि दुई पक्षीय छलफल सुरु भएको थियो।
यसअघि मेयर मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गलत तरिकाले मिति २०८१ मंसिर २० गतेको नगर कार्यपालिका बोर्डको बैठकले गरेको भन्दै लेखेको सम्पूर्ण निर्णय तत्काल कार्वान्यन नगर्ने, अब आउने प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा हुने पहिलो बैठकमा पेस गरी अनुमोदन हुने बुँदाहरू मात्र कार्यन्वयन गर्ने सहमती भएको थियो।
त्यसैगरी, आगामी बैठकमा असन्तुष्ट पक्षका मागहरु आम जनताको विद्युत महशुल चुक्ता गर्ने, कर्मचारीको तलब भुक्तानी गर्नुपर्ने, आन्तरिक राजश्व बाँडफाँडबाट आएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी संख्या तथा बाँकी बक्यौता सार्वजनिक गरिनु पर्ने, ईन्धनको बिवरण कुन गाडीमा कती तेल राख्ने गरेको हो स्पष्ट हुनुपर्ने, आव २०७९÷०८०१ देखि गत पुस मसान्तसम्मको आयव्याय बिवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बोर्डको हरेक बैठक सामाजिक सञ्जालमा लाईभ हुनुपर्ने लगायत समावेश गर्ने सहमति भएको छ।
कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएको भोलिपल्ट बिहीवार भएको दुईपक्षीय सहमती छलफलमा लैजान अथवा कार्वान्यन गर्न मेयर पक्षले पहल नगरेमा नगरपालिकामा पुनः तालाबन्दी गरिने लिखित सहमति भएको बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन्। दुईपक्षीय बैठकमा मेयर अजयप्रकाश जैसवाल पक्षसँगै उपमेयर यादव पक्षमा वडा १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र जैसवाल, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, ६ का अध्यक्ष जयराम चौधरी, ७ का अध्यक्ष महमद सहिद दर्जी, कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य रामेश्वर यादव, ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादव, सशस्त्र बेस दुधियाभारका इन्स्पेक्टर चुनराज थापा लगायतको सहभागिता रहेको थियो भने बरिष्ठ पत्रकार सञ्जय मिश्रा सहजकर्ताको भूमिका निर्वाह गरेको सहभागी नगर योजना शाखाका प्रमुख रामनरेश यादवले बताएका छन्।
गत मंसिर २० गते नगरपालिका मा बसेको कार्यपालिका बोर्डको बैठकमा कुनै सहमती नहुदाँ बैठक स्थगित भएको थियो। तर, मेयर जैसवालको ईशारामा प्रमुख प्रशासकीय अधिकृत जोशीले त्यही उपस्थितिलाई आधार बनाई दर्जनौं निर्णय लेखेर बिभिन्न प्रलोभन दिएर घरघरमा घुमाई घुमाई कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवको नेतृत्वमा गएका जनप्रतिनिधिहरुले गत पुस ९ गते नगरपालिकामा तालाबन्दी गरेका थिए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend