Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेविरुद्धको मुद्दामा आजको बहस सकियो


    बिहिबार, माघ १० २०८१
    865
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा आजको बहस सकिएको छ । आज कार्यालय खुल्नेबित्तिकै अदालमा उपस्थित भएका लामिछानेको जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भउको थुनछेक वहस आजका लागि सकिएको हो ।

    पुर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बयान सकेर परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरूले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका छन् ।

    पक्ष(विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

    सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार