Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछाने अदालत उपस्थित, थुनछेक बहस सुरु हुँदै


    बिहिबार, माघ १० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् ।

    उनलाई बुधबार बयान सकेर परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने आज (बिहीबार) अदालतमा उपस्थित भइसकेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । उक्त मुद्दामा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आजदेखि थुनछेक बहस हुने बताइएको छ ।

    वकालतनामा टिपाउने क्रम अझै जारी रहेकाले कति जनाले बहस गर्ने भन्ने यकिनलभइनसकेको स्रेस्तेदार ज्ञवालीले बताए । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार