Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानले गर्‍यो सन्दीप लामिछानेलाई अनुशासनको कारबाही


    मंगलबार, माघ ८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाकान अनुसार लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको हो

    लामिछानेले गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको प्रवक्ता लामाले बताए ।

    लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ । सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार