Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीम रावललाई अछामका १०८६ जना एमाले नेता-कार्यकर्ताको समर्थन


    मंगलबार, माघ ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमाले अछामको ठूलो पंक्तिले पार्टीबाट निष्कासित नेता भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एक हजार ८६ जना स्थानीय नेता–कार्यकर्ताले रावलको अभियानलाई समर्थन गरेको जनाएका हुन् ।

    अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन् ।

    यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १ जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना छन् ।

    एमालेका ६३७ जना संगठित सदस्यसहित कूल एक हजार ८६ जनाले रावलको अभियानलाई समर्थन गरेको वक्तव्यमा दाबी गरिएको छ । तीमध्ये केहीको हस्ताक्षर छ । केहीलाई फोन सम्पर्क गरेर समर्थन लिएको वक्तव्यमा उल्लेख छ ।

    नेकपा एमाले साँफेबगर नगर कमिटीका अध्यक्ष धकेन्द्र कुँवरले हाल पार्टी परित्याग नगरेको तर रावलको अभियानलाई समर्थन गरेको बताए । एमालेले रावललाई १० पुसमा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनी उक्त अभियान घोषणा गरेर देशदौडाहमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार