Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई


    मंगलबार, माघ ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।

    राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।

    साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार