Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेसका स्वास्थ्यमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ३ जना घाइते


    मंगलबार, माघ ८ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । गएराति मधेस प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुर्घटना हुँदा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन् ।

    स्वास्थ्यमन्त्री सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

    एसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मन्त्री सिंहसहित चालक र सुरक्षाकर्मी तीनैजनाको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार