Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर


    आइतबार, माघ ६ २०८१
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनाविरुद्द जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्द मुदा दायर भएको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आज (आइतबार) मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले बताइन् ।

    लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

    २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

    लामिछाने यसअघि पोखराको सुर्योदय सहकारी ठगी प्रकरणमा ६५ हजार र काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा ६० हजार धरौटीमा रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार