काठमाडौं । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा र पदस्थापन हुँदैछ । संभवतः आइतबार बेलुका वा सोमबारसम्म एसएसपी पदस्थापन र सरुवा निकाल्ने संभावना छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व पनि परिवर्तन गर्न लागिएको छ । काठमाडौं परिसरका एसएसपी बसन्त रजौरे र अपराध अनुसन्धानका प्रमुख सानुराम भट्टराईको कार्यकाल करिब ९ महिना पुगेको छ ।
काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयमा सरुवा हुनका लागि एसएसपीहरुको चर्को दौडधूप चलेको छ । एसएसपीका लागि काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालय आकर्षक मानिन्छन् ।
काठमाडौं परिसर सरुवा हुनका लागि ३ एसएसपी लागेका छन् । विभिन्न जिल्लामा कमाण्ड सम्हाल्दा मदिरा पिएर ५ दिनसम्म सम्पर्कबिहीन बनेको आरोप लागेका एसएसपीहरुले पनि क्षेत्रीयता र गृहसचिवको निकटता देखाउँदै परिसरमा सरुवा हुनका लागि जोडबल लगाउँदैआएका छन् ।
काठमाडौं परिसरको एसएसपीका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी रमेश बस्नेत, आईजीपी सचिवालयका विश्व अधिकारी, अपराध अनुसन्धान बिद्यालयका ओम अधिकारीको नाम चर्चामा छ । यी तीनमध्येबाटै एक एसएसपी काठमाडौंको एसएसपी हुने र अर्कोले अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाल्ने मौका पाउनेछन् । काठमाडौं परिसरमा ओम अधिकारी र विश्व अधिकारीको प्रतिस्पर्धा हुँदा बीचबाट रमेश बस्नेतले मौका पाउने संभावना पनि प्रबल रहेको बताइन्छ ।
एसएसपी विश्व अधिकारीलाई पूर्वगृहमन्त्री रवि लामिछानेले डीआईजी दानबहादुर कार्कीको सिफारिसमा आईजीपी सचिवालयमा सरुवा गरेका थिए । कार्की र अधिकारी तत्कालीन गृहमन्त्री लामिछानेका बिश्वासपात्रका रुपमा चिनिन्थे । आईजीपीले एसएसपी भूपेन्द्र खत्रीलाई सचिवालयमा ल्याउन खोजेका थिए । तर लामिछानेले हस्तक्षेप गरी अधिकारीलाई लगिएको थियो ।
विश्व अधिकारी कैलालीको एसपी हुँदा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । कैलालीको एसपीबाट उनी २०७८ चैत २९ गते राति तानिएका थिए । उनको भूमिका सन्तोषजनक नभएपछि कैलालीबाट हालकी परराष्ट्रमन्त्री आरजु देउवाले नै उनलाई तान्न लगाएको चर्चा भएको थियो । अधिकारीलाई सीआईबीमा काजसरुवा गरी सोमेन्द्रसिंह राठौरलाई खटाइएको थियो ।
मोरङको एसपी हुँदा पनि उनीमाथि बजेटको २० लाख भन्दा बढी रकम सामान खरिद नगरी खर्च गरिएकोमा आईजीपी शैलेश थापा क्षेत्रीले फिर्ता गराएका थिए । त्यसपछिमात्र उनको ठाउँमा सरुवा भएका एसपी जनार्दन जीसीले चार्ज बुझेका थिए । अहिले उनी गृहमन्त्री लेखकसँग भेगीय नाता लगाएर काठमाडौंको कमाण्डर हुने कोसिसमा छन् । त्यसो त अधिकारी सिन्धुपाल्चोकमा डीएसपी हुँदा प्रमुख जिल्ला अधिकारी रहेका गोकर्णमणि दवाडी हाल गृहमन्त्रालयका सचिव भएकाले उनले काठमाडौंमा सरुवा हुन थप मद्दत पुग्ने अपेक्षा गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend