Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माघ १८ गते संसद् अधिवेशन बोलाउनेबारे छलफल


    आइतबार, माघ ६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – संघीय संसदको नियमित अधिवेशन यही माघ १८ गते बोलाउनेबारे छलफल थालिएको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।

    ‘अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ वा यसअघिको मन्त्रिपरिषदमा भएको छलफलका आधारमा समेत निर्णय भएर राष्ट्रपतिकहाँ सिफारिस जान सक्छ’ सत्तारुढ दलका एक नेताले भने ।

    संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन् ।

    एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ । संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार