माधव पौडेल
नेपाल र भारतको सम्बन्ध ठूलो बरको रुखमुनि उम्रेको आँपको बुटा जस्तो रहेको छ । भारतले नेपाललाई छायाँ दिन्छ, पोषण दिन्छ, दुःख हुन दिन्न । दुःख परेको समयमा सहयोग गर्छ । तर नेपाल स्वतन्त्र, आत्मनिर्भर र बलियो भएको कहिल्यै देख्न सक्दैन ।
भारतको राजनीतिक नेतृत्व गर्ने जुनसुकै दलका भए पनि नेपाल सम्बन्धमा समाना धारणा राख्छन् । माओवादी द्वन्द्वकालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बेल्जियमबाट ५ हजार थान राईफल खरिद गर्दा भारत उनीसँग असन्तुष्ट भएको थियो । र, अहिले पनि भारतले देउवालाई पहिलो विकल्पका रुपमा पत्याएको देखिंदैन ।
देशको प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको कार्यशैली जस्तोसुकै भए पनि राष्ट्रको नेतृत्व गर्ने सन्दर्भमा भारतसँग गिरेर समझदारी उनले गरेको देखिंदैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चिनियाँ प्रधानमन्त्री नेपाल आएको समयमा भएका वार्ता र निर्णय उनले भारतीय गुप्तचर एजेन्सी ‘रअ’ लाई जानकारी गराएको आरोप लाग्दैआएको छ । नेपालका प्रधानमन्त्रीको हैसियतले डा. भट्टराईले कूटनीतिक मर्यादाभन्दा बाहिर भएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको पनि चर्चा भएको थियो ।
वर्तमान नेपालको नेतृत्व ठूला दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । भारतको विश्वासपात्र यी दुवै नेता नभएका कारण तेस्रो पात्रको खोजीमा भारतीय सुरक्षा एजेन्सी लागिरहेका थिए र अहिले पनि लागिरहेका छन् । नयाँ सरकार गठन भएपछि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा स्वास्थ्य परीक्षण र भारतीय जनता पार्टीका नेता बिजय चौथाइवालेलाई राखी बाँध्ने(रक्षाबन्धन) बहाना बनाएर गएको भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् ।
मन्त्री राणाले आफूसँग परराष्ट्र मन्त्रालयका कर्मचारी र स्वकीय सचिवसहित ७ कर्मचारी भारत भ्रमणमा जाने टोलीमा सहभागी गराउने मन्त्रिपरिषदमा पठाएकी थिइन् । तर प्रधानमन्त्री ओलीले ७ मध्ये ३ कर्मचारीको भ्रमण मात्र स्वीकृत गरी बाँकी कर्मचारीको आवश्यकता दिल्ली दूताबासबाट पूरा गर्ने ब्यवस्था गर्न भनेका थिए । मन्त्री राणा दिल्ली पुगेपछि भारतीय सुरक्षा एजेन्सीको ब्यवस्थापनमा उनको भ्रमणलाई नेपालका सरकार प्रमुखको सरह महत्व दिइयो ।
आरजुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत उच्चपदस्थ अधिकारीहरुले उच्च सम्मानका साथ भेटघाट गरेका थिए । भारतको चाहना नेपालको आगामी नेतृत्व राणाले हाँकून् भन्ने रहेको उनलाई गरेको सम्मानले प्रकट गरेको थियो । आरजुको भारत भ्रमणले प्रधानमन्त्री ओलीको मनमा शंका र इष्र्या जाग्नु स्वभाविक थियो । भारतलाई झस्काउन ओलीले अकस्मात चीन भ्रमण गर्ने घोषणा गरे ।
भारतीय एजेन्सीले प्रधानमन्त्री ओलीको चीन भ्रमण औचित्यहीन बनाउने भूमिका आरजुबाट पूरा हुने अपेक्षा गरेका थिए । मन्त्री राणाको प्रधानमन्त्रीको चीन भ्रमण अगाडिको भूमिकाबाट चाहना पूरा हुने संकेत पनि भारतीय एजेन्सीको रहेको थियो । तर राणा चीन पुगेपछि भारतभन्दा ठूलो सम्मान र भविष्यको आश्वासन पाएकी थिइन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण कुनै ठूला सम्झौता गर्ने उद्देश्यले नभई भारतलाई झस्काउने उद्देश्यमात्र रहेका कारण कुनै पनि सन्धि सम्झौता नहुने हल्ला चलेको थियो ।
चीन भ्रमणअगाडि ऋण सहयोग लिनेगरी ‘बेल्ट एन्ड रोड इनिसियटिभ’(बीआरआई)मा सम्झौता कुनै हालतमा नगर्ने कुरामा ओलीलाई कांग्रेसले प्रतिज्ञा पनि गराएको थियो । ओलीको यात्रा एक दिन लम्ब्याएर चीनमा बीआरआई सम्झौता भयो । र, यो सम्झौता गराउने प्रमुख नेतृत्व परराष्ट्र मन्त्री राणाको थियो । राणाले भारत र चीनबीच ब्यालेन्स कूटनीतिक कदम चालेको भारतीय एजेन्सीलाई मन परेन । यही पुसको पहिलो साता भारत भ्रमणमा जाँदा मन्त्री राणालाई उपेक्षा गरेर भारतले त्यसको संकेत गरेको छ । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाइदिन आग्रह गर्न उनी यूरोपबाट सोझै दिल्लीमा पुगेकी थिइन् ।
मधेशवादी दलहरुलाई एकीकरण, एमालेबाहिरका कम्युनिष्ट शक्तिहरुलाई जुटाउने र पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले ब्यवस्था परिवर्तनका लागि भारतीय सुरक्षा एजेन्सीको परिश्रमले चाँडै नै नेपालमा बंगलादेश, श्रीलंका, सिरिया जस्तो वातावरण हुने देखिन्छ ।
भारत भ्रमणमा आउँदा उनलाई त्यहाँका बिदेश मन्त्रालयका उपसचिवले स्वागत गर्नुका साथै उच्च पदाधिकारी कसैले पनि नभेटेपछि राणाले अपमानित महसुस गर्नुपरेको थियो । तर पहिलो भ्रमण र दोस्रो भ्रमणबीचको अन्तर मन्थन गर्दै एक साता दिल्ली बसेर उनी नेपाल फर्किएकी थिइन् ।
मन्त्री राणालाई ठूलो महत्वका साथ जिम्मेवारी दिन खोजे पनि चीनमा उनले खेलेको भूमिकाबाट भारतीय एजेन्सी अर्को पात्रको खोजीमा रहेकोे घटनाक्रमले देखाउन थालेका छन् । यसका लागि संविधान, ब्यवस्थाबिरुद्ध माहौल बनाउने समेत अभियान प्रारम्भ गरिसकेको छ ।
भारतीय सुरक्षा एजेन्सीको मुखपत्र मानिने आजतक न्यूज च्यानलका बरिष्ठ पत्रकार सुधीर चौधरीले ओलीकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा करोडौं रकम रहेको र ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको डिजिटल समाचार प्रकाशन गरी स्पोन्सर नै गरी प्रशारण गरिरहेको नेपालीको मोवाइलमा समेत भाइरल छ ।
अर्कोतर्फ मधेशवादी दलहरुलाई एकीकरण, एमालेबाहिरका कम्युनिष्ट शक्तिहरुलाई जुटाउने र पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले ब्यवस्था परिवर्तनका लागि भारतीय सुरक्षा एजेन्सीको परिश्रमले चाँडै नै नेपालमा बंगलादेश, श्रीलंका, सिरिया जस्तो वातावरण हुने देखिन्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend