काठमाडौं । नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपकाे पहिलाे खेल आज खेल्दैछ ।
नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेकाे हाे । गत शनिवार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेकाे नेपाली टोलीले आज बंगलादेशसँग पहिलाे खेल खेल्न लागेकाे हाे ।
मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा साे खेल हुनेछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।
विश्वकप अघिकाे पहिलाे अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएकाे नेपाल दाेस्राे अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएकाे थियाे ।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् , जसअनुसार नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ भने माघ ७ मा स्कटल्यान्ड र माघ ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend