Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली प्रमाणपत्र पेश गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीबिरुद्ध मुद्दा दायर


    शुक्रबार, माघ ४ २०८१
    885
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वान्चल विश्वविद्यालयमा मुख्य सहायक(कम्प्युटर) पदमा कार्यरत हिरालाल यादवबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

    पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाईड साईन्सेजमा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगरमा स्थायी नियुक्ति पाउनका लागि यादवले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाणपत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए ।

    नक्कली शैक्षिक योग्यता पेश गरी मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएकोले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार