काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम रहेका बताएका छन् ।
पुलचोक इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियर विद्यार्थी समाज (सेस) ले आजदेखि सुरु गरेको सिभिल इञ्जिनियरिङ प्रदर्शनी ‘आधार’ को उद्घाटन गर्दै उनले विश्वका नवीन प्रविधि र अनुसन्धानमा नेपाली प्राविधिक तथा प्राविधिज्ञहरूले उल्लेखनीय नतिजा ल्याउने गरेको भन्दै निराश हुने अवस्था नरहेको बताए। मन्त्री दाहालले नेपाली प्राविधिकको ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियासमेत सुरु भइसकेको बताए ।
उनले नेपालमा पूर्वाधार र विकास निर्माणका काममा नेपाली इञ्जिनियर र प्राविधिकहरूको भूमिका सराहनीय रहेको उल्लेख गरे । “नेपाल अहिले निर्माणको चरणमा छ । नेपालमा अवसर छैन भनेर निराश मात्र हुने अवस्था छैन । सिकेको ज्ञान र सीपबाट नेपालकै समृद्धिका लागि योगदान गर्न सकिने आधार बनिरहेको छ”, मन्त्री दाहालले भने,“नेपाली प्राविधिक तथा वैज्ञानिकहरूले भू–उपग्रह प्रक्षेपणदेखि नवप्रवर्तनका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेका छन् । युवाको ज्ञान, सीप र क्षमताको प्रोत्साहनका लागि सरकारले प्राथमिकता दिइरहेको छ ।”
त्यस क्रममा उनले विद्यार्थीद्वारा सिर्जना गरिएका विभिन्न प्रदर्शनी स्टलको अवलोकनसमेत गरेका थिए। सेसका अध्यक्ष दिवस पौडेलका अनुसार विज्ञान प्रदर्शनी तथा प्रतियोगिताको १५औँ संस्करण तीन दिनसम्म चल्नेछ । प्रदर्शनी एवं प्रतियोगितामा विभिन्न ६० वटा प्रदर्शनी कक्षमा विद्यार्थीले सिर्जना गरेका सिभिल इञ्जिनियरिङ क्षेत्रका विभिन्न नमूना समावेश रहेको कार्यक्रमका संयोजक राहुल दासले बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend