Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • जय ट्रफी एलिट कपको उपाधि पुलिस क्लबले जित्यो


    बिहिबार, माघ ३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस जय ट्रफी एलिट कपको विजेता बनेको हो ।

    पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिए ।
    लगातार १५ ओभर बलिङ गरेका ललितले ३९ रन खर्चिएर ४ विकेट र सागरले १४।२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए ।

    आर्मीले जितका लागि १०३ रनको मामुली लक्ष्य पाएको थियो । तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो । आर्मी २९.२ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो । चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन् ।

    ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११–११ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार