Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ १२ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, माघ ३ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज (बिहिबार) १२ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला १२ सय रुपैयाले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार (हिजो) सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद(बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० मा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार