काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले रवि लामिछानेलाई थुनामा राखी सहकारी ठगीमा अनुसन्धान गरिरहेको छ । तर एमालेकै सांसद देवी भट्टचन भने बैंक ग्यारेन्टी राख्नका लागि दौडधूप गर्दै लामिछानेलाई छुटाउँदैआएका छन् । भट्टचनकै अनुरोधमा प्रभु बैंकले काठमाडौं र पोखरामा लामिछानेका लागि बैंक ग्यारेन्टी राखेर थुनामुक्त गराएको खुलासा भएको छ ।
प्रभु बैंक ग्यारेन्टी बसेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुधबार राति थुनाबाट छुटेका छन् । अदालतले धरौटीमा छाड्न आदेश दिएपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेर छुटेका हुन् । तोकिएको धरौटीबापतको रकम रविसँग नभएकाले अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रभु बैंकबाट ६० लाख ग्यारेन्टीको चाँजोपाँजो भने एमाले सांसद तथा ठगी मुद्दामा काठमाडौं प्रहरीले छानबिन गरिरहेका प्रभु मनी ट्रान्सफरका देबी भट्टचनले मिलाएको खुलासा भएको छ । लामिछाने पक्राउपछि उनलाई छुटाउनका लागि अमेरिकाबाट आई विगत २ महिनादेखि नेपालमै बसेका मोहन थापाले देवी भट्टचनमार्फत् प्रभु बैंकको ग्यारेन्टी मिलाउने भूमिका खेलेको बताइन्छ ।
भट्टचनबिरुद्ध सहकारीको ९८ करोड रुपैयाँ रकम अपचलन प्रकरणमा प्रहरीमा जाहेरी परेको छ । प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै ठगीमा जाहेरी दिएकी थिइन् । तर ९८ करोड सहकारी ठगीमा किटानी जाहेरी पर्दा पनि सत्तारुढ दलका सांसद भट्टचनलाई प्रहरीले अनुसन्धान नगरी उन्मुक्ति दिंदैआएको छ ।
एमालेका सांसद भट्टचनको अमेरिका बस्ने मोहन थापासँग लामो समयदेखि हिमचिम रहेको छ । रास्वपाका केन्द्रीय सदस्य रहेका थापाले भट्टचनको रकम चलाउँदैआएका छन् । भट्टचनले अबैध हुन्डीमार्फत् थापालाई अमेरिकामा रकम पठाउने गरेको आरोप छ । रास्वपा निकट एक मिडियामा भट्टचनबिरुद्ध समाचार आएपछि थापाले नै रोकाउने काम गरेका थिए ।
मोहन थापाले लामिछानेलाई छुटाउन कास्की जिल्ला अदालतमा ६५ लाख धरौटीको रकम समेत जुटाएका थिए । जिल्ला अदालत कास्कीबाट छुट्दा पनि लामिछानेलाई प्रभु बैंकले नै बैंक ग्यारेन्टी राखिदिएको थियो । लामिछाने गत बिहीबार मात्र कास्कीबाट छुटेका थिए ।
को हुन् मोहन थापा ?
रवि लामिछानेले हुन्डीमार्फत् अमेरिकामा पठाएको रकमको ब्यवस्थापन रास्वपाकै केन्द्रीय सदस्य मोहन थापाले गर्दैआएका छन् । अमेरिकामा हुँदा मोहन थापा र रवि सँगै बस्ने गरेका थिए । अमेरिका निवासी थापा ठगीधन्दामा संलग्न रहँदै आएका छन् ।
उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् । थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएको पीडित एक व्यवसायीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको आरोप लाग्दैआएको छ । थापाले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएको खुलेको छ । थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् ।
रवि लामिछानेले नेपालबाट पठाएको हुन्डीको रकम मोहन थापाले अमेरिकामा ब्यवस्थापन गर्दैआएको खुलासा रास्वपाबाट निस्कासित भएका महामन्त्री डा. मुकुल ढकालले नै गएको साउन १५ गते एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा गरेका थिए ।
डा. ढकालले अन्तर्वार्ताका क्रममा पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवामा पैसा खाएको र उक्त रकम हुन्डीमार्फत् अमेरिका पठाउने गरेको बताएका थिए । हुन्डीमार्फत् पठाइएको उक्त रकम रास्वपाका केन्द्रीय सदस्यद्वय मोहन थापा र गोमा क्षेत्रीले अमेरिकामा बुझ्ने गरेको उनले बताएका थिए ।
डा. ढकालले अन्तर्वार्ताकै क्रममा केन्द्रीय सदस्यहरु मोहनजंग थापा र गोमा क्षेत्री अमेरिकामा रहेको र उनीहरुले उता पैसा बुझेर पठाउने गरेको बताएका थिए । निश्काशित महामन्त्री ढकालले अमेरिकामा रहेकी गोमाले महिनामा २ लाख ५० हजार पार्टीलाई पठाउने गरेको रहस्य पनि खोलेका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend