काठमाडौं । कास्की र रुपन्देहीमा सहकारी ठगीमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अवैध हुन्डी र सम्पत्ति शुद्धीकरणमा समेत तानिने भएका छन् ।
सहकारी ठगीमा मात्र होइन, नेपालबाट गैरकानुनी रूपमा हुन्डीमार्फत् अमेरिकामा पैसा पठाएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ । प्रहरीले रविको बैंक खातामा जम्मा भएको ठूलो परिमाणको रकम निकालिएको तर खर्च गरेको नदेखिएपछि अनुसन्धान गर्न लागेको स्रोत बताउँछ ।
रवि लामिछानेले हुन्डीमार्फत् अमेरिकामा पठाएको रकमको ब्यवस्थापन रास्वपाकै केन्द्रीय सदस्य मोहन थापाले गर्दैआएका छन् । अमेरिकामा हुँदा मोहन थापा र रवि सँगै बस्ने गरेका थिए । अमेरिका निवासी थापा ठगी धन्दामा संलग्न रहँदै आएका छन् ।
उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् । थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएको पीडित एक व्यवसायीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको आरोप लाग्दैआएको छ । थापाले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएको खुलेको छ । थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् ।
रवि लामिछानेले नेपालबाट पठाएको हुन्डीको रकम मोहन थापाले अमेरिकामा ब्यवस्थापन गर्दैआएको खुलासा रास्वपाबाट निस्कासित भएका महामन्त्री डा. मुकुल ढकालले नै गएको साउन १५ गते एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा गरेका थिए ।
डा. ढकालले अन्तर्वार्ताका क्रममा पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवामा पैसा खाएको र उक्त रकम हुन्डीमार्फत् अमेरिका पठाउने गरेको बताएका थिए । हुन्डीमार्फत् पठाइएको उक्त रकम रास्वपाका केन्द्रीय सदस्यद्वय मोहन थापा र गोमा क्षेत्रीले अमेरिकामा बुझ्ने गरेको उनले बताएका थिए ।
गृहमन्त्रीका रुपमा लामिछानेले १ नम्बरका एसएसपी नगरी नभई ५ र छैटौं नम्बरकालाई डीआईजी बढुवा दिएका थिए । पाँचौं नम्बरका एसएसपीलाई बढुवा दिंदा आर्थिक लेनदेन गरेको र उक्त रकम अमेरिकामा हुन्डीमार्फत् थापा र क्षेत्रीलाई पठाइएको आरोप लगाएका थिए । लामिछाने गृहमन्त्री हुँदा कनिष्ट एसएसपी दानबहादुर कार्की र मनोजकुमार केसी डीआईजी बढुवा भएका थिए ।
डा. ढकालले अन्तर्वार्ताकै क्रममा केन्द्रीय सदस्यहरु मोहनजंग थापा र गोमा क्षेत्री अमेरिकामा रहेको र उनीहरुले उता पैसा बुझेर पठाउने गरेको बताएका थिए । निश्काशित महामन्त्री ढकालले अमेरिकामा रहेकी गोमाले महिनामा २ लाख ५० हजार पार्टीलाई पठाउने गरेको रहस्य पनि खोलेका थिए ।
ढकालले भनेका थिए– ‘एक नम्बरको मान्छे बढुवा नभई जब ५ नम्बरको मान्छे बढुवा हुन्छ, त्यो भ्रष्टाचार भएको मान्नुपर्छ । नत्र १ नम्बरको मान्छे नभएर ५ नम्बरको मान्छे बढुवा हुनुको आधार के ? लेनदेन थियो । यो लेनदेन नेपालमा हुँदैन । अमेरिकामा हुन्छ । अमेरिकामा रास्वपाका मोहनजंग थापा र गोमा क्षेत्री भन्ने दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ । गोमा क्षेत्रीको नामबाट प्रत्येक महिना अढाइ लाखको दरले पार्टीलाई पैसा पनि आउँछ । यो लेनदेन अमेरिकामा हुन्छ, लेनदेन यहाँबाट प्रमाणीकरण हुँदैन ।’
रास्वपा सभापति लामिछानेलाई प्रहरीले गएको कात्तिक २ गते पक्राउ गरेपछि मोहन थापा अमेरिकाबाट नेपाल आएका थिए । लामिछानेलाई कास्कीको थुनामा राखेर अनुसन्धान गर्दा थापा पोखरामा थिए । भैरहवा लगेपछि उनी उतै गएका थिए । उनी आवश्यक रकमको जोहो गरी रवि छुटाउनका लागि न्यायाधीशलाई समेत प्रभावमा पार्ने गरी भैरहवामा गएका थिए ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend