Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका मन्त्रीहरू देउवा निवास बुढानिलकण्ठमा


    बिहिबार, माघ ३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरु पार्टी सभापति निवास बुढानिलकण्ठ पुगेका छन् ।

    सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीबारे छलफल गर्न बोलाएपछि उनीहरु केहि बेरअघि देउवानिवास बुढानिलकण्ठ पुगेका हुन् । पार्टीका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    सरकारमा कांग्रेसतर्फबाट १० जना मन्त्री र दुई राज्यमन्त्री छन् । उनीहरूको कामका विषयमा गुनासो बढेपछि देउवाले छलफलका लागि बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक र सचेतक पनि सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार