Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त जापानी राजदुत कार्यभार सम्हाल्न नेपाल आइपुगे


    मंगलबार, माघ १ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आईपुगेका छन्। उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन् ।

    जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले सुरूमा उल्लेख गरेका छन् । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको पनि उनले स्मरण गरेका छन् ।

    दुई देशबिचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्ने प्रतिबद्ता जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार